newskoseli.Com

अज्ञात रोगका कारण दुई सय बाख्रा मरे

लोहारपानी र काभ्रे गाविसमा अज्ञात रोगका कारण २०० बाख्रा मरेका छन् ।  दुई हप्ताको अवधिमा लोहारपानीमा १५० र काभ्रेमा ५० बाख्रा मरेको स्थानीयवासी मञ्जुु रोकाले जानकारी दिए ।

त्यस क्षेत्रमा बाख्रा मरेको खबर पाएलगत्तै पशुसेवा कार्यालय कमिरे चौरका प्रमुख धु्रव बस्नेतको नेतृत्वमा स्वास्थ्कर्मीको टोली उपचारका लागि पुगेको छ ।

अहिले पनि त्यहाँ १५० भन्दा बढी बाख्रा बिरामी परेका छन् । ती बाख्राको उपचार भइरहेको पशुसेवा केन्द्रका प्रमुख बस्नेतले जानकारी दिए । बिरामी परेका बाख्र्रामा पातलो दिसा गर्ने, सिँगान बग्ने, ज्वरो आउने, खोक्ने लक्षण रहेका छन् ।

बाख्राको नमुना रगत परीक्षणका लागि क्षेत्रीय पशु प्रयोगशाला नेपालगन्जमा पठाइएको पशुसेवा केन्द्र कमिरेचौरले जनाएको छ ।

बिरामी परेका बाख्राको लक्षण देख्दा तिनमा कडा खालको निमोनिया रोग लागेको आशङ्का पशुसेवा केन्द्रका प्रमुख बस्नेतले गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर