newskoseli.Com

२ अर्बभन्दा बढीको शेयर कारोबार

 

धितोपत्र बजारमा यो साता २ अर्ब ११ करोड ८८ लाख ८ हजारको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १ सय ९१ कम्पनीको ६१ लाख १२ हजार ३ सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो । गत साता १ सय ८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ लाख ३३ हजारका ४२ लाख ५४ हजार ५ सय ५० कित्ता शेयर खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलव ४१ अंकले घटेर अन्तिम दिन १ हजार १ सय ९१ दशमलव ९८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ६८ अंकले घटेर २ सय ५१ दशमलव शून्य ५ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकमका आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भयो । त्यसैगरी, कारोबार भएको शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ३ लाख ९० हजार कित्ता शेयर कारोबार भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर