newskoseli.Com

‘ज्योति विकास बैंक’ र ‘हाम्रो विकास बैंक’ बीच ‘एक्विजिसन’ सम्झौता

 

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रीयस्तरको ‘हाम्रो विकास बैंक लिमिटेड’ लाई प्राप्ति (एक्विजिसन) गर्नेबारे सम्झौता गरेको छ । राष्ट्रियस्तरको विकास बैंकका रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको हो ।

ज्योति विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिप्रसादले राजधानीको कमलादीस्थित ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा असार ३१ मा सम्झौतामा हस्ताक्षर गरे । हाम्रो विकास बैंकको डीडीएपश्चात आउने मूल्यलाई आधार मानी शेयर ‘स्वाप’ अनुपात तय गरिने सम्झौतामा उल्लेख छ ।

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ तथा हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैकको प्राप्तिपछि ज्योति विकास बैंकको कूल निक्षेप रकम करिव २०.५० अर्ब र कर्जा रकम करिव १७.५० अर्ब नाघ्ने प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जनाएका छन् ।

ज्योति विकास बैंकले यसअघि पनि झिमरुक विकास बैंकसँग मर्जर र राप्तीभेरी विकास बैंकसँग प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत रुपमा कार्यसञ्चालन गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर