newskoseli.Com

रेस्टुरेन्ट बाहिर गोलाबारी : ९ घाइते, बन्दुकधारीको मृत्यु

 

क्यानडाको टोरन्टो सहरमा गोलाबारी भएको छ । ताजा जानकारीअनुसार ग्रीकटाउन इलाकास्थित ड्यानपोर्थ एभेन्युको एक रेस्टुरेन्ट बाहिर गोलाबारी भएको हो ।

टोरन्टो पुलिसले एक बालिकासहित ९ जनालाई गोली लागेको जानकारी दिएको छ । घाइतेको स्थितिबारे केही जानकारी नभएको बताइएको छ । बन्दुकधारीको मृत्यु भएको पुलिसले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीय समय अनुसार राति १० बजे दर्जनौं पटक गोली चलेको आवाज सुनियो ।

ग्लोबल पुलिसले टोरन्टो पुलिसलाई उद्धृत गर्दै ९ जनालाई गोली लागेको उल्लेख गरेको छ । हमला गर्ने व्यक्तिले आफैंलाई गोली हान्नुअघि पुलिसमाथि ‘ओपन फायरिङ’ गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर