newskoseli.Com

सिभिल बैंकमार्फत रिलायबल लाइफ इन्स्योरेन्सको ‘विनाझन्झट’ सेवा

 

जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका जीवनबीमा सेवा सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरुमार्फत विनाझन्झट उपलब्ध भई ग्राहकवर्ग प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

देशका ग्रामीण भेगलाई विशेष ध्यानमा राखी विभिन्न जीवनबीमाका योजनाहरु ल्याइएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताए ।

सिभिल बैंकले यसअघि पनि जीवनबीमा कम्पनीहरु ‘मेटलाइफ’ र ‘एलआईसी’ नेपाल तथा थुप्रै निर्जीवन बीमा कम्पनिहरुसँग सम्झौता गरी जीवनबीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर