newskoseli.Com

शुक्रबार राति शताब्दीकै लामो चन्द्रग्रहण : के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

 

शुक्रबार (आज) मध्य रातपछि २१औं शताब्दी भरकै ‘सबैभन्दा लामो’ चन्द्रग्रहण लाग्दैछ । करिव १ घन्टा ४३ मिनेटसम्म कायम रहने यो चन्द्रग्रहणलाई नेपालबाट पनि अवलोकन गर्न सकिने बताइएको छ ।

नेपाली समयअनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने यो चन्द्रग्रहण शनिबार बिहान ४ बजेर ४ मिनेटमा मात्र अन्त्य हुनेछ । चन्द्रग्रहणका बेला चन्द्रमा ‘ब्लड मुन’ भनिने रातो रंग देखिनेछ ।

चन्द्रग्रहणबारे नेपालमा केही धार्मिक मान्यता प्रचलित छन् । ग्रहणका बेला खानु–पिउनु, सुत्नु, घरबाटबाहिर निस्किनु नहुने र गर्भवती महिलाहरुले विशेष सजगता अपनाउनुपर्नै मान्यता नेपाली समाजमा प्रचलित छन् । यी मान्यताहरुलाई विज्ञानले भने स्वीकारेको पाइँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा र सूर्यको ठीक बीचमा पुग्दा चन्द्रग्रहण हुन्छ ।

आजको चन्द्रग्रहणका बेला पृथ्वीको केन्द्र भागबाट चन्द्रमा उत्तरतिर हुँदै जाने र १ घन्टा २ मिनेटसम्म यो क्रम कायम रहने भएकाले आजको चन्द्रग्रहण शताब्दीभरकै सबैभन्दा लामो हुने भएको हो । यस पटक पृथ्वी र चन्द्रमाबीचको दुरी (ल्यूनर एपोजी) समेत सबैभन्दा टाढा हुने भएकाले नै यो चन्द्र ग्रहण २१औं शताब्दी भरकै सबैभन्दा लामो हुने भएको हो ।

ग्रहणका बेला जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणका कारण चन्द्रमा रातो देखिन्छ, यसैलाईवैज्ञानिकहरुले ‘ब्लड मुन’ भन्ने गरेका छन् ।

ज्योतिषविज्ञान अनुसार शुक्रबारको ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहान ४ बजेर ४ मिनेटसम्म ‘सूतक’ छ र सूर्योदयसँगै ‘सूतक’ सकिन्छ ।

धेरैले चन्द्रग्रहणलाई नांगो आँखाले हुर्नु हुँदैन भन्छन् तर त्यो भनाइ गलत हो । ‘मिड नर्थ कोस्ट एस्ट्रोनोमी’ मा कार्यरत डेभिड रेनेकाको भनाइअनुसार चन्द्रगहणलाई नांगो आँखाले मज्जाले हेर्दा हुन्छ । रेनेका भन्छन्– ‘शताब्दीकै लामो यो चन्द्रग्रहण ज्यादै सुन्दर खगोलीय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन, मज्जाले नांगो आँखाबाटै हेर्दा हुन्छ, आँखा पनि पूर्णतः सुरक्षित रहन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर