newskoseli.Com

ग्लोबल आईएमई बैंकको नयाँ विशेषतासहितको ‘ग्लोबल स्मार्ट’ सेवा…

 

ग्लोबल आईएमई बैंक लि. ले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुपै विशेषताहरु थप गरी नयाँ रुपमा ग्राहकहरुमाझ ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले शुक्रबारदेखि आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई परिमार्जन गरेको जनाएको छ ।

अद्यावधिक (अपडेट) गरिएको मोबाइल बैंकिङमार्फत कारोबारको सहजताका लागि व्यक्तिगत ‘क्युआर’ कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यस सेवामा प्रयोगकर्ताको औंठा छापमार्पmत ‘लग–इन’ तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ ।

ग्लोबल आईएमई बैंक लि. को नयाँ ‘ग्लोबल स्मार्ट’ सुविधाअन्तर्गत ग्राहक स्वयंले बैंकमा नगईकनै आफैं उक्त सेवा सुचारु गर्न सक्ने ‘सेल्फ–रस्ट्रिेसन’ सुविधाका साथ आफ्नो खाताको ‘स्टेटमेन्ट’ ग्राफिकल रुपमा हेर्न सकिनेछ । त्यसैगरी ‘फोन–पे’ को नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ ।

थप गरिएका अन्य विशेषताहरुमा ‘अकाउन्ट ड्यासबोर्ड’ र ‘क्यालेन्डर इन्टिग्रेसन’ सुबिधा समेत रहेका छन् । यसअघि पनि ग्राहकले ‘ग्लोबल स्मार्ट’ मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आईएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्न तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटीएम पत्ता लगाउन, आफू रहेको स्थानको लोकेसन म्याप हेर्न र बैंकको सेवा–सुविधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुविधा रहेकामा यी सम्पूर्ण सुविधालाई नयाँ रुपमा ग्राहकसामु प्रस्तुत गरेको हो ।

यो सेवामार्फत ग्लोबल आईएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत बैंकका शाखा, एटीएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्लोबल आईएमई बैंक लि. स्मार्ट प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ नेपालमै पहिलो पटक वि.सं. २०७२ देखि नै सुरु गरेको थियो ।

स्मार्ट प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा सुरु गरेको तीन वर्षमा नै बैंकले फेरि नेपालमै पहिलो पटक ‘क्युआर’ कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने प्रविधि भित्र्याएको हो । ग्राहकहरुले ‘गुगल प्ले स्टोर’ र ‘एप स्टोर’ मा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् ।

विज्ञान–प्रविधिले नयाँ–नयाँ आयामहरु भित्र्याइरहेको अहिलेको समयमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले समय–समयमा आफ्ना सुविधाहरु परिमार्जन गर्दै आइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर