
इन्डोनेसियाको पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ७ बजे आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । अर्को पर्यटकीय टापु बालीबाट ४० किलोमिटर पूर्वमा पर्ने लोमबोकमा भूकम्पले कयौं भवनहरू भत्किएका छन् । लोमबोकमा ६० पटक परकम्प आएको अधिकारीहरूले बताएका छन् ।