newskoseli.Com

ईयूले भन्यो : ‘कम्बोडियाको निर्वाचन अविश्वसनीय’

 

कम्बोडियामा हालै भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको युरोपेली संघ (ईयू) ले जनाएको छ । ईयूले सोमबार अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको र नागरिकको चाहना समेत प्रकट नभएको जनाएको हो ।

२९ जुलाईमा (आइतबार) भएको निर्वाचनमा सामान्य प्रक्रिया समेत पूरा नगरिएको र आधारभूत लोकतान्त्रिक मान्यतालाई पनि बेवास्ता गरिएको र्इयूको वक्तव्यमा उल्लेख छ । र्इयूको विदेशमामिला कार्यालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ– ‘यस्तै विविध कारणले निर्वाचनमा विश्वसनीयताको अभाव देखिएको छ ।’

कम्बोडियामा सन् १९९३ देखि भइरहेको द्वन्द्व जारी छ र द्वन्द्वकै बीच अहिले छैठौं आम निर्वाचन भएको हो । यस निर्वाचनले हुुन सेनको ३३ वर्षे नेतृत्वलाई नै निरन्तरता दिने पक्काजस्तै देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर