newskoseli.Com

उत्तर कोरियाले विकास गर्‍यो ‘अमेरिकासम्म हान्न सक्ने’ नयाँ क्षेप्यास्त्र !

 

उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् ।

अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिंचिएका तस्बिरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तामा आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो ।

तर, प्योङयाङले सम्झौताविपरीत कम्तिमा एक वा दुई वटा तरल–इन्धनयुक्त अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको देखिएको अमेरिकी दावी छ । नाम नखुलाउने शर्तमा गुप्तचर निकायका अधिकारीहरुले भने– ‘प्योङयाङ नजिकैको सानुमदोङमा क्षेप्यास्त्र निर्माणको काम भइरहेको देखिएको छ र यसबाट अमेरिकासम्म प्रहार गर्न सकिन्छ ।’

गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘अबका दिनहरुमा प्योङयाङबाट आणविक खतरा रहेन’ भन्दै आफ्नो ‘कूटनीतिक सफलता’ को प्रचार गरेका थिए । तर, किमले मुलुकको आणविक र क्षेप्यास्त्र कार्यक्रम रद्द गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिएनन् ।

‘हामीले विगतमा झैं काम भइरहेकै देखेका छौं’– गुप्तचर निकायका एक अधिकारीले अखबारलाई बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर