newskoseli.Com

प्रधानमन्त्रीको निर्देशन : घरविहीनलाई विषेश व्यवस्था गर…

 

मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले घरबारविहीनका लागि थप कल्याणकारी व्यवस्था गर्न निर्देशन दिएका छन् ।

कल्याणकारी व्यवस्था र कानुनी व्यवस्थामा सुधार गर्न गठन गरिएको कार्यदललाई घरबारविहीनका लागि विषेश व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सरकारी अधिकारीहरूले बुधबार जनाएका छन् । कार्यदलको नेतृत्व श्रम तथा सामाजिक प्रवद्र्धन मन्त्री सोडनोम चिङजोरिङले गरेका छन् ।

मङ्गोलियामा घरबारविहीन भएकामध्ये आधाभन्दा बढी १८ देखि ४५ वर्षसम्म उमेर समूहका रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । घरबारविहीनमध्ये अधिकांश मङ्गोलियाको राजधानी सहर उलान बाटोरका सडकमा बस्ने गरेको अधिकारीहरूले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर