newskoseli.Com

एकैसाथ दुईतिर भूकम्प : ६.१ र ५.१ म्याग्निच्युड…

 

इन्डोनेसियाको पूर्वी भागमा अवस्थित मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । र, भूकम्पका कारण सुनामी आउने खतरा नरहेको इन्डोनेसियाको मौसम विज्ञान विभागले स्पष्ट पारेको छ ।

भूकम्पबाट कुनै पनि किसिमको जिउधनको क्षति भएको विवरण हालसम्म प्राप्त नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ ।

त्यसैगरी, चीनको उत्तरपश्चिम किङ्गहाई प्रान्तमा शुक्रबारै ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । त्यहाँ पनि भूकम्पपका कारण कुनै मानवीय र सम्पत्ति क्षतिको विवरण प्राप्त भएको छैन ।

स्थानीय समायानुसार शुक्रबार बिहान ९ः३४ मा सो भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै १० किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको २० किलोमिटर अर्धव्यासम्म आवासीय वासस्थानहरु पनि नरहेको बताइएको छ । यसैकारण मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर