newskoseli.Com

बेइजिङलाई ह्वाइटहाउसको चेतावनी : ‘ट्रम्पलाई कमजोर नआँक्नु राम्रो होला’

 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका उच्च आर्थिक सल्लाहाकारले ‘ट्रम्पलाई कमजोर नआँक्न’ चीनलाई चेतावनी दिएका छन् ।

नयाँ व्यापार कर सम्बन्धकम चीनले अमेरिकालाई दिएको चुनौतीको जवाफ दिँदै ह्वाइटहाउसका सल्लाहकारले शुक्रबार ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्याङ्कन नगर्न’ चेतावनी दिएका हुन् । बेइजिङलाई ‘ट्रम्पले उचित प्रतिक्रिया दिने’ धम्की समेत आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले दिएका छन् ।

अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक कुड्लोले भने ‘अघि बढ्न सक्नुहुन्न होला भनेर चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई कम नआँक्नु राम्रो होला ।’

अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार करबारे चेतावनी दिँदै बेइजिङले अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै कुड्लोको यो प्रतिक्रिया आएको हो । विशेषतः चीनलाई लक्षित गरी ट्रम्पले नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर