newskoseli.Com

झापाको विर्तामोडमा ज्योति विकास बैंकको नयाँ शाखा

 

ज्योति विकास बैंक लि. ले झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

विर्तामोड नगरपालिका– ५ स्थित विर्तामोड बजारमा रहेको उक्त शाखा प्रमुख अथिति एवं नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका सञ्चालक धुव्र कोइरालाले शुक्रबार एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

डेपुटी गर्भनर शिवाकोटीले सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने नेपाल सरकारको नीतिअनुरुप नेपाल राष्ट्र बैंकले सर्वसाधारणमा बैंकिङ पहुँच पुर्‍याउने नीति लिएको बताए । विर्तामोडमा खुलेको ज्योति बैंकको यस शाखाले सरल र सुलभ बैकिङ सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले बैंकको प्रगतिको कामना समेत गरे ।

बैंकका सञ्चालक कोइरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समयमै पुर्‍याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जादेखि ठूला औद्मोगिक कर्जा दिन सक्षम रहेको र देशभरि रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत आधुनिक बैकिङ सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

यस बैकले हालै टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवा सुरु गरेको छ । बैंकले हाल ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

यसै आर्थिक वर्षभित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी प्रबन्धक बलदेव थापाले दिएका छन् । यस बैंकले हालसम्म १ लाख ५० हजारभन्दा बढि खाताबाट १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणीमार्फत १६ अर्व १० करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर