newskoseli.Com

राष्ट्रपतिमाथि ड्रोन आक्रमण… !

 

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरेर शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो ।

उक्त आक्रमणबाट राष्ट्रपति जोगिएको र आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको सरकारले जनाएको छ । ‘यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो’– त्यहाँका सञ्चारमन्त्री जर्ज रोड्रिगेजले भने । एक टेलिभिजनले घटना हुँदाको उक्त सैनिक कार्यक्रम प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

राज्यसञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित भएका थिए र सैनिकहरुले उनलाई घेरा हालेका थिए । भाषण सुनिरहेको सैनिक टुकडीका सिपाहीहरु तितरबितर भएका थिए । सञ्चारमन्त्री जर्जका अनुसार, राष्ट्रपति बोलिरहेको मञ्चको छेउमै विस्फोट भएको थियो र त्यहीं नजिक अरु पनि यस्ता विस्फोट भएका थिए ।

यसैबीच, कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप राष्ट्रपति मडुरोले लगाएका छन् । उनले भनेका छन्– ‘यसमा मलाई कुनै द्विविधा छैन, यो घटना हुनुका पछाडि कोलम्बियाका राष्ट्रपतिको हात छ ।’

तर, कोलम्बिया सरकारले मडुरोको उक्त आरोपको खण्डन गरेको छ । आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर