newskoseli.Com

पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

 

ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उनलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हड्डीको दुखाइसम्बन्धी समस्याबाट पीडित रहेका ६६ वर्षे कोलोमलाई शुक्रबार राति पक्राउ गरिएको हो । उनलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । उनलाई सेनाको नियन्त्रणमा रहेको कारागारमा राखिएको छ ।

उनीसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दस जनालाई पनि उही आरोप लगाइएको छ । उनीहरुलाई पक्राउ गरेर कारागारमा राखिएकामा अधिकांशलाई जमानतमा रिहा गरिएको अधिकारीले बताएका छन् । उनीहरुलाई भने गत फेब्रुअरीमै पक्राउ गरिएको थियो ।

कोलोमसँगै एउटै मुद्दामा पक्राउ पर्नेमध्ये एक जना पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेसनलका अध्यक्ष पनि रहेका छन् । सार्वजनिक स्रोत–साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरु सबैमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर