newskoseli.Com

सिरियाको रक्का शहरबाट आइएस संग भीषण संघर्ष

सिरियामा उत्तरी रक्काबाट इस्लामिक अतिवादी समुह आइएसलाई हटाउने क्रममा भीषण संघर्ष भएको छ । अमेरिकी सहयोगमा सिरियन कुर्दिस र अरब लडाकुहरुले संयुक्तरुपमा सैन्य अभियान चलाएका हुन् ।

यस अभियानमा सिरियन डेमोक्रेटिक फोर्सका ३० हजार लडाकु परिचालन गरिएको छ । अमेरिकी नेतृत्वको गठबन्धनका युद्धक विमानले रक्षात्मक सहयोग गरेका छन् भने रुसले पनि सहयोग गरेको बताइएको छ ।

आईएस लडाकुले केही स्थानमा मात्रै अवरोध गर्न सकेको सरकारी भनाई छ । सन् २०१४ मा आईएसले पहिलो पटक रक्कालाई कब्जामा लिएको थियो । त्यसपछि यसलाई हेडक्वार्टरको रुपमा विकसित गर्दै त्यहां इस्लामिक कानुन लागु गरेको थियो । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर