newskoseli.Com

प्रकाण्डको गिरफ्तारी : पूर्वमन्त्री एवं सत्तापक्षकै नेताले सार्वजनिक रुपमै गरे विरोध

 

पूर्व शिक्षामन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेता धनीराम (डीआर) पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गर्ने सरकारी कदमको सार्वजनिक रुपमै विरोध गरेका छन् ।

पूर्वमन्त्री एवं नेकपाका नेता डीआर पौडेल

प्रकाण्ड तत्कालीन एनेकपा (माओवादी) को भेरी–कर्णाली राज्य समितिका इन्चार्ज हुँदा (२०६५ देखि ०७० सम्म) सोही कमिटीका सेक्रेटरी रहेका पूर्वमन्त्री पौडेलले प्रकाण्डकै झन् निकट पूर्वसहकर्मी रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका बेला पूर्वमन्त्री समेत रहिसकेका नेता प्रकाण्डलाई पक्राउ गर्नु र उनका हातमा हत्कडी लगाउनु विडम्बनापूर्ण भएको बताएका हुन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’ मा लामो ‘स्ट्याटस’ लेख्दै पूर्वमन्त्री डीआर पौडेलले भनेका छन्– ‘प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन्, न त उनको पार्टीले नै ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो ।’

‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो,’ उनले लेखेका छन्– ‘प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन ।’

‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यका लागि समस्या हुन सक्छ, त्यो राजनीतिक समस्या हो र राजनीतिक रुपले मात्र राजनीतिक समस्याको समाधान गर्न सकिन्छ,’ सत्तापक्षका नेता पौडेलले ‘स्ट्याटस’ मा लेखेका छन्– ‘अतः क. प्रकाण्डलाई विनाशर्त रिहाइ गर सरकार !’

यस्तो छ पूर्व शिक्षामन्त्री पौडेलको  ‘स्ट्याटस’–

र, थप यी समाचार पनि पढ्नुहोस्–
विप्लवले आह्वान गरे नेपाल बन्द ! प्रवक्ता प्रकाण्डसहित गिरफ्तार सबैलाई रिहा गर्न माग (विज्ञप्तिसहित)
पक्राउ परे विप्लवका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाण्ड

 

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर