newskoseli.Com

जातीय हिंसामा मारिए ११ जना

मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए ।

‘बानी नदी हुँदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकुहरुले उनीहरूलाई अपहरण गरेका हुन्,’ फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले भने– ‘तर, आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ ।’

फुलानी, बाम्बारा र डोगोङ किसानका बीचमा विगत तीन वर्षदेखि मध्य मालिमा द्वन्द्व भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर