newskoseli.Com

फेला पर्‍यो हराएको विमान, ८ को मृत्यु, १ को जीवितै उद्धार

 

इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमानमा सवार आठ जना यात्रुको शव भेटिएको छ ।

सो विमान आइतबार बिहान पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम प्रान्त पपुवातर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो ।

शनिबार अपराह्न करिव ४० मिनेटको उडानका लागि उडेलगत्तै विमान सम्पर्कबिहीन भएको थियो । विमान इन्डोनेसियाको ओक्सिबील उपजिल्लास्थित घना जङ्गल भएको पहाडमा खसेको थियो । विमानका भग्नावशेषहरु भेटिएको र उद्धारकार्य जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

७ यात्रु र चालकदलका २ सदस्य गरी ८ जना रहेको विमानमा १२ वर्षीय १ यात्रु भने जीवितै रहेको जानकारी सुरक्षा अधिकारीले दिएका छन् । पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भने ‘हामी दुर्घटनाग्रस्त जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौं, त्यस दुर्घटनाबाट आठ जनाको ज्यान गएको छ भने एक यात्रुलार्य जीवितै उद्धार गर्न सकिएको छ ।’

निजी कम्पनीको उक्त विमान दुर्घटनाको कारण पत्ता लागेको छैन । दुर्घटनाबारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले अनुसन्धान समिति गठन गरेको छ । उद्धारकर्ताहरु उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो । विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ । उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्सेनि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ ।

सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर