newskoseli.Com

हतियार भण्डारमा विस्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु

 

सिरियाको उत्तर–पश्चिममा अवस्थित इदलिव प्रान्तमा रहेको एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् ।

विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको बेलायतस्थित सिरियाली मानवअधिकार अनुगमनकारी निकायले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म इदलिवको सर्मादा सहरमा भएको विष्फोटको कारण पत्ता लाग्न नसकेको अधिकारीले जनाएका छन् । भग्नावशेष हटाउने क्रम जारी रहेकाले मृतकको सङ्ख्यामा केही वृद्धि हुन सक्ने सम्भावना देखिएको अधिकारीहरूले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर