newskoseli.Com

अफगानिस्तानमा मारिए अमेरिकी सैनिक

 

अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ ।

आइतबार भएको विस्फोटमा परी अमेरिकी सैन्य बलका ३६ वर्षीय एक कर्मचारीको मृत्यु भएको हो । यस विषयमा अनुसन्धान जारी रहेको अमेरिकी सेनाले बताएको छ ।

तालिबानविरुद्धको लडाइँमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर