newskoseli.Com

भियना संसारकै १ नम्बर ‘बस्न योग्य सहर’ ! दमास्कस १ नम्बरको ‘बस्न अयोग्य सहर’ !

 

यस वर्षको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर सहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा विश्वका १० वटा सरहलाई १–२–३ गरी अङ्कित गरिएको छ । ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ भने ९८.४ अङ्क प्राप्त गरी अस्ट्रेलियाको मेलबर्न दोस्रो स्थानमा परेको छ । मेलबर्न विगत ७ वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । र, जापानको ओसाका सहर यस पटक तेस्रो स्थानमा परेको छ ।

क्यानडाको क्यालगरी चौथो स्थानमा, अष्ट्रेलियाको सिड्नी पाँचौं स्थानमा, क्यानडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौं र सातौं स्थानमा, जापानको टोकियो आठौं, डेनमार्कको कोपनहेगन नवौं र अष्टङेलियाको एडिलेड दसौं स्थानमा परेका छन् ।

उत्कृष्ट १० स्थानमा परेका यी सहरको सूचीमा अष्ट्रेलिया र क्यानाडाका ३–३ सहरहरु परेका छन् । अष्ट्रेलियाको मेलबर्न सहरलाई पछि पार्दै भियना, पहिलो नम्बरमा आएको छ । अपराधमा कमी, यातायात, शिक्षा र स्वास्थ्य सुविधाजस्ता आधारहरुका साथसाथै राजनीतिक स्थायित्वका कारण पनि भियनामा संसारकै १ नम्बरको ‘बस्न लायक सहर’ को स्थानमा परेको बताइएको छ ।

त्यसैगरी ‘बस्न अयोग्य सहर’ को सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवा न्यु गिनीको पोर्ट मोरेस्बी पनि ‘बस्न अयोग्य’ को सूचीमा रहेका छन् । ५ वर्षयता अबिद्जान, हनोइ, बेलग्रेड र तेहरान सहरले भने विकासमा फड्को मारेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर