newskoseli.Com

ओली सरकारले ल्याउँदै गरेको बहुप्रतिक्षित वजेटमा के छ ?

प्रधानमन्त्री भएपछि ओलीले जनतालाई विभिन्न महत्त्वाकांक्षी घोषणा गर्दै आएका छन् । उनका घोषणा सम्बोधन गर्ने गरी बजेट आउने अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा। गोविन्द नेपालले बताए ।

के के बढ्दै छन् ?  

बजेटमार्फत यसपटक सरकारले सामाजिक सुरक्षा भत्ता तथा सांसदहरूले गर्न पाउने खर्चको सीमा पनि बढाउने तयारी गरिरहेको छ । ‘सामाजिक सुरक्षा भत्ता, सांसद विकास कोष र कर्मचारीको तलब बढाउने तयारी मन्त्रालयको छ,’ स्रोतले भन्यो, ‘के–कति बढ्छ भनेर अहिले नै टुंगो लागेको छैन, सायद आज ९बुधबार०सम्ममा यी विषयमा हिसाबकिताब मिल्छ होला ।

लोकप्रिय कार्यक्रमको ओइरो  

सरकारले यसअघि नै घोषणा गरेको किसानलाई पेन्सन कार्यक्रम पनि बजेटबाट नै ल्याउने तयारी गरेको छ । यसका लागि कृषि विकास मन्त्रालयले दुई अर्ब बजेट माग गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस्तै, सरकारले बजेटमार्फत १० वर्षमा १० लाखलाई रोजगारी कार्यक्रम पनि ल्याउने तयारी गरिरहेको छ । पुनर्निर्माणमा एक खर्बभन्दा धेरै   सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि एक खर्ब २० अर्ब रुपैयाँ बजेट छुट्याउने तयारी गरेको छ ।

चालू वर्षमा ९१ अर्ब रुपैयाँ बजेट यो शीर्षकमा छुट्याइएको छ । यद्यपि यो रकम पनि खर्च हुन सकेको छैन । ‘दाताले दिने सहायता र सरकारी बजेटको तादात्म्यता मिल्ने गरी बजेट विनियोजन हुन्छ,’ नेपालले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर