newskoseli.Com

‘ज्योति रेमिट सेवा’ अब देवः विकास बैंकबाट पनि : दुई बैंकबीच सम्झौता

 

ज्योति विकास बैंक लि. र देवः विकास बैंक लि. बीच ‘रेमिट सेवा’ प्रदान गर्नेबारे सम्झौता भएको छ ।

आइतबार भएको उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देवः विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ज्योति विकास बैँकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा देवः विकास बैंकका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने भएको छ । यस सम्झौतापश्चात देवः विकास बैँकका ५१ वटा शाखाबाट समेत ज्योति रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँकका ६० वटा शाखा छन् भने यस आर्थिक वर्षभित्र थप ३० शाखा सञ्चालनमा आउने सो बैंकका वरिष्ठ प्रवन्धक मदनकुमार महतले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर