newskoseli.Com

फोटो–कथामा प्रकाश खरेल : एकै दिनमा ३६५ जनाको स्वर रेकर्ड गरेका साउन्ड रेकर्डिस्ट…

 

दुई दशक लामो समयसम्म नेपाली गीत–संगीतको रेकर्डिङ र सम्पादनको क्षेत्रमा निरन्तर लागिरहेको नाम हो– प्रकाश खरेल ।

नेपालको पूर्वी जिल्ला झापामा जन्मिएर काठमाडौंलाई आफनो कर्मथलो बनाएका सिनियर साउन्ड रेकर्डिस्ट प्रकाश खरेलले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वर रेर्कड गरिसकेका छन् । खरेल अहिले नेपालकै कहलिएको र पुरानो संस्था ‘म्युजिक नेपाल’ मा रेकर्डिस्ट बनेर निरन्तर काम गरिरहेका छन् ।

एरेन्ज, शब्द, संगीत, वाद्यवादन र स्वरबीचको संसर्गलाई सबैले सुन्न मिल्ने बनाउनु धेरै कठिन काम हो । तर पनि अहिलेसम्म धेरै गायक–गायिकाहरुको मन जित्न सफल खरेलले सम्पादन गरेका गीतहरू वास्तविक नेपाली संगीत बनेका छन् । कहिल्यै आफ्नो कर्तव्यबाट पर नभएका खरेल गीत–संगीतको प्राविधिक क्षेत्रमा लागेर राष्ट्रलाई योगदान पुर्‍याएवापत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भइसकेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि ५ वर्षिय बालक निष्पल अधिकारीसम्मको स्वर रेकर्ड गरेका खरेलले ‘मिलानाकोली’ नामक गीति अल्बमबाट आफ्नो प्रसिद्धिको सुरुवात गरिसकेका छन् । रेडियो नेपालमा एकै दिन ३६५ जनाको स्वर रेर्कड गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कडस्’ मा आफ्नो नाम अंकित गराउन सफल खरेलले न्युजकोसेलीसँग भने– ‘लामो समयको रेकर्डिङ यात्राको सफलता नै मेरो जीवनको वास्तविक निरन्तरता हो ।’

मिलनसार र सहयोगी भावनाको भएकै कारण खरेललाई धेरै कलाकारहरुले रुचाउने गरेका छन् । सधैं नै सामान्य भावमा प्रस्तुत हुन रुचाउने उनले माधव घिमिरे, फत्तेमान, अम्बर गुरुङलगायत अहिलेका प्रायः सबै गायक–गायिकाको आवाज भरिसकेका छन् ।

फोटो–कथामा हेर्नोस् सिनियर रेकर्डिस्ट प्रकाश खरेललार्इ–

भारत भ्रमणको क्रममा इन्डिया गेट, दिल्लीमा

सहकर्मी रजय गुरुङको साथमा

गायक राजेशपायल राईसहित

सांगीतिक मन्तव्यका क्रममा

संगीतकार टिका भण्डारीसहित

राष्ट्रकवि माधव घिमिरेका साथ

गायक मदनगोपालका साथ

गायक दिपक खरेल, हेमन्त शर्मा, निपेश ढाकासहित

गायक स्वरूपराज आचार्यसँग

खुला समयमा रमाउँदै कलाकर्मीहरुसँग

मायाको चिनो ग्रहण गर्दै शिलाबहादुर मोक्तान र अञ्जु पन्तसँग

भिडियो निर्माणका क्रममा कलाकारहरुका साथ

एक समारोहमा राष्ट्रपतिसहित अन्य विशिस्ट व्यक्तिहरुका साथ, सम्मान ग्रहणपछि

संगीतकार महेश खड्काका साथ

संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानका साथ

गायिका मेलिना राईका साथ

श्रीमती र छोराका साथ

भोला रिजाल, डिजराज पौडेल, निपेश ढाकासहित

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर