newskoseli.Com

१ किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले भैरहवाबाट एक किलो अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ  ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले बुधबार बिहान भैरहवाको आँखा अस्पताल अगाडिबाट १ किलो सुन र सुन तस्करीमा संलग्न जिल्ला मोतिहारी बिहार भारत बस्ने २५ वर्षका हरिओम कुमार र सोही ठाउँका २६ वर्षिय सुजित कुमारलाई पक्राउ गरिएको सशस्त्र बल राजश्व गस्ती डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनालले जानकारी दिए ।

बरामद गरिएको सुनको बजार मुल्य ४७ लाख ६६ हजार ५ सय ८० रुपैयां बराबर रहेको बताइएको छ ।

पक्राउ परेका व्यक्ति र बरामद भएको सुन भन्सार ऐन २०६४ अनुसार कारोबार हुने सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती गुल्मका गुल्मपति डिएसपी खनालले जानकारी दिए। उक्त सुन हङकङबाट नेपालको बाटो हुँदै भारत पुराउन लागिएको उनले बताए ।

सुन चोरी पैठारी भइरहेको गोप्य सूचनाको आधारमा काठमाडौंबाट भैरहवाको रात्री बसमा हिडेंका ती भारतीय युवालाई सशस्त्र प्रहरीले सुनसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलका निरीक्षक तुल्सीराम पाण्डेले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर