newskoseli.Com

अब सिभिल बैंकका जुनसुकै शाखामार्फत ‘अनलाइन फी पेमेन्ट’ को सुविधा

 

नेपालका विभिन्न स्थानहरुबाट वर्षेनि हजारौं विद्यार्थीहरु अध्ययन गर्न विदेश जाने गरेका छन् । त्यसरी देशबाहिर अध्ययन गर्न गएका विद्यार्थीहरुले विदेशस्थित शिक्षण संस्थामा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न निकै असहज हुने गरेको थियो ।

तर, अब भने सिभिल बैंकका नेपालभर रहेका जुनसुकै शाखाबाट पनि विदेशस्थित शिक्षण संस्थाहरुमा ‘अनलाइन फी पेमेन्ट’ गर्न सकिने भएको छ । विदेशमा गई उच्च शिक्षा हासिल गर्न अनिवार्यतः दिनुपर्ने परीक्षाहरु SAT, GRE, GMAT, ACT, USMLE को रजिस्ट्रेसन शुल्क तथा नेपालमै बसेर अध्ययन गर्न सकिने अन्तर्राष्ट्रिय कोर्सहरु– ACCA लगायत अन्य सबैखाले अनलाइन कोर्सहरुकोे रजिस्ट्रेसन तथा अरु फी पनि अब सिभिल बैंकका जुनसुकै शाखाहरुबाट विद्यार्थीहरुले सजिलै भुक्तानी गर्न सक्नेछन् ।

राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका निम्ति अपरिहार्य उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले अब सिभिल बैंकका ६८ वटामध्ये आफूलाई पायक पर्ने कुनै पनि शाखामार्फत बिनाझन्झट भुक्तानी गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

हालसम्म सिभिल बैंकका २५ लाखभन्दा बढी ग्राहकहरु छन् । यस बैंकले ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ३९ अर्ब रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर