newskoseli.Com

३ अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर १ हजार १ सय ७५.७२ विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५७ विन्दुले घटेर २ सय ४८.४२ विन्दुमा कायम भएको छ । कूल १ सय ४६ कम्पनीको ६ लाख ९ हजार २ सय ५७ कित्ता शेयर २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ रुपैयाँमा खरिद–बिक्री भएका छन् ।

आइतबार उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रो फाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौंका शेयर लगानीकर्ताले ३ प्रतिशत कमाएका छन् । तर, कर्णाली विकास बैंक, आर्इएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर