newskoseli.Com

विप्लवकी नेतृ उमा धुलिखेलमा बन्दी, अरु को–को कहाँ–कहाँ ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई प्रहरीले पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय, धुलिखेलको हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौं महानगरपालिका– १६, बालाजुबाट मङ्गलबार पक्राउ परेकी भुजेललाई मङ्गलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनीमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताए । उनलाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि त्यसै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित वीरेन्द्रनगर नगरपालिका– २० का उक्त पार्टीका केन्द्रीय सदस्य कृष्ण धमला ‘गम्भीर’ र धादिङ जिल्ला नीलकण्ठ नगरपालिका– ३ का अर्का केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’ लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको खबर सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

थप यो समाचार पनि पढ्नुहोस्–
फेरि गोरखा ‘जेलब्रेक’ की चर्चित कमान्डर शिलुलाई पक्राउ गरे बादलले !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर