newskoseli.Com

सातै देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख शितलनिवासमा : राष्ट्रपति भण्डारीले दिइन् दिवाभोज

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका ‘विशिष्ट पाहुनाहरु’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् ।

भेटवार्ताका लागि उनीहरु बिहीबार दिउँसो शीतलनिवासस्थित राष्ट्रपतिभवन पुगे । राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले राष्ट्रपति कार्यालयमा उनीहरुलाई स्वागत गरे ।

बिहीबारै शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवाभोजको आयोजना गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्थ अधिकारीहरु समेत दिवाभोजमा सहभागी भए ।

बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सबै सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आइपुगेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

फोटो फिचरका लागि तलको लिंकमा क्लिक गर्नुहोस्–
राष्ट्रपति भण्डारीका ‘बिम्स्टेक अतिथि’ हरु ! (तस्बिर)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर