newskoseli.Com

९ अंकले बढ्यो शेयर बजार

साताको पहिलो दिन आइतबार शेयर बजारमा सुखद सुरुआत भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर १ हजार १ सय ९० बिन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सूचक (सेन्सेटिभ परिसूचक) २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ ।

गत साताको कारोबार रकम १ अर्ब रुपैयाँभन्दा कम थियो । स्टकका अनुसार आइतबार कूल १ सय ६४ कम्पनीको ९ लाख ६० हजार ७ सय १४ कित्ता शेयर ३० करोड २५ लाख ९७ हजार रुपैयाँमा खरिद–बिक्री भए । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ । आइतबार ३ उपपमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले घटे ।

बैंकिङ ११.४१, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत् ५.१३, वित्त ०.९४, निर्जीवन बीमा २९.४३ र माइक्रोफाइनान्स १०.१४ बिन्दुले बढे । आइतबार एनआर्इसी एशिया बैङ्क, तिनाउ विकास बैङ्क र भार्गभ विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर