newskoseli.Com

कविताः बजार…

 

 

 

 

 

 

आणविक भट्टीले
उत्पादन गरिरहेछ
परमाणु अस्त्र
विश्वबजारको नाइकेले
गरिरहेछ ‘शान्ति’ को व्यापार

शायद,
हामी एक्काईसौं शताब्दीमा
अणु–अस्त्रको भट्टीबाट
एक थान घोषणापत्र
बजारमा पठाउनेछौं
अनि अपिल गर्नेछौं ‘शान्ति’ को…

बजारमा कुनै कुराको अभाव छैन
किनकि यो एक्काईसौं शताब्दीको
आधुनिक बजार हो
यहाँ सबथोक मिल्छ किन्न
अणुबमदेखि सियोसम्म…

बजारमा सबथोक छ लिलामीमा
प्रेम–मायादेखि भावनासम्म
मानमर्दनदेखि स्वाभिमानसम्म
विचार–सिद्धान्तदेखि आदर्शसम्म
यो एक्काईसौं शताब्दीको बजारमा
के पो मिल्दैन र किन्न !

यो एक्काईसौं शताब्दीको बजारमा
किस्ता–किस्तामा बिक्री भइरहेछन्
भावशून्य मान्छेका लाशहरू
मानवता नै सकिएपछि
बिक्री हुँदारहेछन् मान्छेका लाशहरू ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर