newskoseli.Com

बोकोहरामको हमला : ४८ पुगे मृत्यु हुने सैनिक…

नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोकोहराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको नाजेरियाली सेनाले सोमबार जनाएको छ ।

यसअघि सेनाले दिएको विवरणमा कम्तिमा ३० सैनिकको मृत्यु भएको जनाइएको थियो । ‘सेना र बोकोहराम समूहबीच भएको झडपका क्रममा ज्यान गुमाएका थप १८ सैनिकको शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको छ र यससँगै मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको छ’– एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एएफपीलाई बताए ।

सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोकोहरामले एक्कासि सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारका क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् । सयौंको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासि आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच भिडन्तका क्रममा बिहीबार केही समय शिविरलाई कब्जा गरेको भए पनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । विद्रोहीतर्फको क्षतिको विवरण भने सेनाले दिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर