newskoseli.Com

डलरको भाऊ बढ्दा महँगिँदै नेपालीको दसैं !

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ ।

आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं महँगो हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र बिक्री दर ११५.११ रुपैयाँ छ । २०७० भदौदेखि १ डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको हो ।

डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा १ अमेरिकी डलर खरिदका लागि १ सय १५ रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर