newskoseli.Com

पाँच जना अमेरिकीलाई हत्या गर्ने शंकास्पद व्यक्ति मृत फेला

एप्लिङ अमेरिका पाँच जना अमेरिकी नागरिकको ज्यान लिएका छुट्टाछुट्टै दुई बन्दुक आक्रमणमा सम्लग्न रहेको शंकास्पद व्यक्ति मृत अवस्थामा फेला परेको जर्जियाको प्रहरीले बताएको छ ।

मृतक आक्रमणकारीको शरीरमा गोलीको चोट भेटिएकोले आँफै गोली हानी आत्महत्या गरेको शंका प्रहरीको छ ।

गोली आक्रमणमा मृत्यु भएको मानिस तथा मृतक आक्रमणकारीको परिचय भने प्रहरी सार्वजनिक गरेको छैन । घटनामा तीन पुरुष र दुई महिलाको मृत्युभएको थियो ।

शुक्रबार एप्लिङमा भएको आक्रमणमा दुई जनाको घटनास्थलमा नै र अन्य एकजनाको अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्युभएको थियो ।

पहिलो आक्रमण एप्लिङमा भएको र दोस्रोआक्रमण यसको करिव दुई किलोमिटर टाढा भएको र त्यहाँ पनि दुई जनाको मृत्युभएको कोलम्वियाको काउन्ट्री अफिस सेरिफको कार्यालयका क्याप्टेन एन्टी सेन्दले बताए ।

यी दुई घटनामा मृतक आक्रमणकारीको सम्लग्नता रहेको दावी गरिएको छ । रासस÷एपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर