newskoseli.Com

शेयर बजार दोहोरो अङ्कले ओरालो

आइतबार धितोपत्र बजार दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर १ हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि आइतबार कारोबार रकम भने बढेको छ । कूल १६६ कम्पनीको १२ लाख ७२ हजार १ सय ८ कित्ता शेयर ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ ।

आइतबार सबै उपपसमूहको शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । बैंकिङ ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत् १४.४३, वित्त १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादन ६.८१, अन्य ८.०८, माइक्रोफाइनान्स २४.९३ र जीवन बीमा ६७.४२ विन्दुले घटेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर