newskoseli.Com

फेरि १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य !

२०७४ भदौ २२ मा सेतो आलु– ३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग– ६५ रुपैयाँ प्रतिकिलो थियो । २०७५ भदौ २४ मा सेतो आलु– ६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग– १२५ रुपैयाँ प्रतिकिलो भयो ।

यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य कति बढ्यो भन्ने स्पष्टै देखिन्छ । गत वर्ष भदौ २४ मा कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यस वर्ष सोही दिनसँग तुलना गर्दा ३ सय ३३ प्रतिशतसम्म भाऊ बढेको छ ।

चाडबाड नजिकिँदै गर्दा तराकारीको भाऊ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । बर्खाले तरकारी उत्पादनमा गिरावट आएपछि महँगिएको व्यवसायी बताउँछन् । ​चाडबाडमा माग अनुसार आपूर्ति नहुँदा त्यसको प्रभाव स्वतः मूल्यमा पर्ने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार भारतबाट आलु मात्र दैनिक ५० टन आयात भइरहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर