newskoseli.Com

बैंकहरूले ऋणको ब्याज जुनसुकै बेला घटाउन सक्ने

बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन् । हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

यसअघि आधार ब्याजदर (बेस रेट) मा आएको परिवर्तन अनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला पनि ऋणको ब्याजदर घटाउन सक्नेछन् । ऋणको ब्याज बढाउन भने त्रैमास (तीन महिना) कुर्नु पर्नेछ ।

‘नयाँ व्यवस्था ब्याजदर घटाउनका लागि मात्र हो, वृद्धिका लागि होइन,’ राष्ट्र बैंकका एक अधिकारीले भने– ‘ब्याजदर बढाउनका लागि भने बैंक तथा वित्तीय संस्थाले त्रैमास कुर्नु पर्नेछ ।’

पछिल्लो समय वित्तीय प्रणलीमा तरलता (लगानीयोग्य रकम) सहज भए पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनका कारण ३ महिनाअघि ब्याज घटाउन नपाइने भन्दै पुरानै (उच्च) ब्याजदर लिइरहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर