newskoseli.Com

फ्रान्समा चर्कियो श्रमिक आन्दोनल, आणविक केन्द्रमा समेत हड्ताल

फ्रान्समा विवादास्पद श्रम सुधारसम्बन्धी कानुनको विरोधमा सुरु गरेको आन्दोलनको असर बढ्दै गएको छ । देशभरका पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रका मजदुरले काम ठप्प पारी हड्ताल गरिरहेको बेला आज आणविक उर्जा केन्द्रमा समेत हड्ताल आव्हान गरिएको छ ।

फ्रान्सका कुल १९ मध्ये १६ आणविक भट्टीमा काम गर्ने मजदुरले बुधबार आन्दोलनको पक्षमा मतदान गरेपछि आज एक दिनका लागि आणविक केन्द्र बन्द गरिएका हुन् ।

यसले पेट्रोलियम पदार्थको अभावबाट गुज्रिरहेको फ्रान्सको उर्जा संकटलाई अझ गहिरो बनाउने देखिएको छ । फ्रान्समा कुल विद्युत् उत्पादनको ७५ प्रतिशत हिस्सा आणविक प्लान्टबाट आपुर्ति हुँदै आएको छ ।

फ्रान्स सरकारले अघिल्लो महिना संसद्बाट पास गरेको विवादास्पद श्रम सुधारसम्बन्धी कानुनको पक्ष र विपक्षका अहिले व्यापक वहस चलिरहेको छ ।

उक्त कानुनमा मजदुरले प्रतिहप्ता न्युनतम ३५ घण्टा काम गर्नुपर्ने, मजदुरको तलव सुविधा घटाउन कम्पनीलाई आवश्यक भन्दा बढी अधिकार दिइने लगायतका केही बुँदा छन् ।

जसमा ट्रेड युनियनहरुको आपत्ति छ । यसैको विरोध स्वरुप विगत केही दिनयता तेल प्रशोशन केन्द्रका मजदुरहरु हड्तालमा छन् ।

राजधानी पेरिसलगायतका ठाउँमा पेट्रोलियम पदार्थको ४० प्रतिशत आपूर्ति घटिसकेको छ । फ्रान्ससँग झण्डै ४ महिनाको लागि पुग्ने ईन्धन मौज्दात रहेको बताईन्छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर