newskoseli.Com

कतारले दिन्छ प्रतिघन्टा ३० रियाल, कामदारले पाउँछन् ६ रियाल !

निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि कतारमा प्रतिघन्टा ३० रियाल छुट्याइए पनि कामदारहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।

कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघन्टा ३० रियाल ज्याला छुट्याइएको हो । कतार सरकारले कामदारका लागि भन्दै आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।

‘मैले कतारका धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघन्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ’– कतारका लागि नपाली राजदूत रेशमप्रसाद कोइरालाले भने ।

कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल (झन्डै ३ लाख ८४ हजार रुपैयाँ) सम्म भुक्तानी गरेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर