newskoseli.Com

अदुवाबाट डेढ अर्ब रकम आर्जन

Ingefära or as it is known in English, Ginger. I got the idea when a net friend of mine used one picture similar to this one on her web page.

जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन ९४० किलोको एक मन अदुवा उत्पादन भई प्रतिमन रु. एक हजार तीन सय ५०का दरले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा रु. एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५०० भित्रिएको छ ।

चौंसाठी हजार पाँच घरघुरी रहेको इलाममा ३२ प्रतिशत परिवारले अदुवा खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए । तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । गत वर्षको तुलनामा एक सय मेट्रिक टन अदुवा उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

गत वर्षभन्दा उत्पादन बढेपनि मूल्य घटेकाले आम्दानी घटेको छ । गतवर्ष तीन अर्ब बराबरको अदुवा विक्री भएको काफ्ले बताए । कार्यालयका अनुसार गतवर्षको तुलनामा अदुवाको मूल्यमा ६२ प्रतिशतले कमी आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आव २०७१÷०७२ मा रु दुई करोड ४५ लाखको ४८ हजार ६५७ किलो अदुवा निकासी भएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर