newskoseli.Com

कविताः ए सत्ता !

 

 

 

 

 

 

तँ आफूलाई ‘सामाजवादी’ भन्थिस्
तँ स्वयंलाई ‘वामपन्थी’ भन्थिस्
तँ त बालिका बलात्कारी रैछस्
हाम्रो साँघुरो छानबिनले
पूराका पूरा
सत्य निष्कर्ष दिन नसके पनि
हाम्रो प्रारम्भिक अनुसन्धानको
निष्कर्षले भनिरहेको छ–
आफैं बलात्कारी नभए पनि
तँ मतियार चाहिँ पक्कै होस्
तँ संरक्षक चाहिँ पक्कै होस्–
अबोध स्कुले बालिका
निर्मला पन्तको
त्यो नृशंस बलात्कारको
त्यो निर्मम हत्याको ।

अब त जीवन
सुखी हुनेछ
समृद्ध हुनेछ
भन्ने
कत्रो आशा थियो
अन्यायबाट न्याय पाइने
कत्रो अभिलाषा थियो !
तर,
तँ त आफैं अपराधी भएर निस्किस्
तँ त आफैं बलात्कारी भएर निस्किस्
हाम्रा हरेक विश्वासको
यति भयानक दुरुपयोग होला भन्ने
हामीलाई थाहा थिएन ।

हाम्रो लुटिएका अस्मिताको च्यादर ओढेर
आफूलाई अब सुरक्षित ठानेको छस् भने
ए सत्ता !
यो तेरो बर्बादीको यात्रा हो–
तैंले
तुरुन्तै आत्मसमर्पण गरेस्
आफ्नो अपराधको पश्चात्ताप गरेस् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर