newskoseli.Com

दोहोरो अङ्कले घट्यो शेयर बजार…

धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर १ हजार २ सय ३८.६७ पुगेको छ ।

आइतबारजस्तै सोमबार पनि बजार दोहोरो अंकले ओरालो लागेको हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २ सय ६२.८० बिन्दुमा पुगेको छ ।

सोमबार कारोबार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १ सय ६५ कम्पनीका १७ लाख ६१ हजार ८ सय १७ कित्ता शेयर ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँमा खरिद–बिक्री भए ।

उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा सोमबार व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन ।

बैङ्किङ १९.८५, होटल १८.२६, विकास बैङ्क २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर