newskoseli.Com

गाई–भैंसीलाई पनि २ हजार ५ सय भत्ता !

पशुहरुको कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्‍याउन पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ ।

कृत्रिम गर्भाधानप्रति कृषकहरुलाई आकर्षण गराउन शाखाले सुत्केरी गाई–भैंसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५–७६ को कार्यक्रममा गाई–भैंसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्तास्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी पशु चिकित्सक विमल शर्मा पौडेलले दिएका छन् ।

कृत्रिम गर्भाधारण गराउँदा उत्पादन वृद्धि हुनुका साथै नश्लमा समेत सुधार आउने दावी उनले गरे । कृषकहरुलाई कृत्रिम गर्भाधारण गराउँदाका फाइदाको बारेमा कृषक र जनप्रतिनिधिहरुमार्फत गाउँ–गाउँमा चेतना फैलाउन थालिएको समेत पौडेलले बताए ।

त्यसैगरी, दुग्ध सहकारी संस्थामार्फत दूध बिक्री–वितरण गर्ने कृषकलाई प्रतिलिटर २ रुपैयाँका दरले अनुदान दिने कार्यक्रम रहेको पनि जानकारी उनले दिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर