newskoseli.Com

व्यापारीको किचलोले भन्सार ठप्प

व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार ३ दिनदेखि ठप्प छ ।

व्यापारीले सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् ।

भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो । भन्सार ठप्प हुँदा ५० लाख रूपैयाँ राजश्व गुमेको छ भने दसैंको मुखमा बजारमा समस्या पर्न सक्ने समेत आशंका छ ।

भन्सारको गोदाममा रहेको सामान लिन समेत व्यापारीले नआएको जानकारी शाहीले दिए । सूर्य अडर्स एण्ड सप्लायर्सको नाममा १३ पोका कपडा राजश्व तिरेर लैजाने क्रममा ५ पोका कपडा बढी लगेपछि वडा प्रहरी कार्यालय भद्रपुरले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको थियो ।

सप्लायर्सको गोदामबाट वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको ५ पोका कपडा नियन्त्रणमा लिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर