newskoseli.Com

‘बजार पुँजीकरण’ मा नेपाल टेलिकम १ नम्बर : ‘टप टेन’ मा कुन–कुन कम्पनी ?

नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबारका आधारमा दस उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार पुँजीकरणका आधारमा सरकारी स्वामित्वको नेपाल टेलिकम १ नम्बरमा रहन पुगेको स्टकले जनाएको छ ।

बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा रहँदा सो कम्पनीको बजार पुँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

दोस्रोमा नविल बैंक लिमिटेड रहेको छ । नविल बैंकको ७५ अर्ब ८८ करोड रुपैयाँ बजार पुँजीकरण मूल्य रहेको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब रुपैयाँ बजार पुँजीकरण मूल्य कायम रहेको छ ।

चौथो स्थानमा रहेको स्ट्यान्डर्ड चार्टड बैंकको ५५ अर्ब २७ करोड र पाँचौंमा रहेको एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बराबरको बजार पुँजीकरण मूल्य रहेको छ । हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआर्इसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड रुपैयाँ बराबरको बजार पुँजीकरण मूल्य रहेको छ ।

स्टकले असोज १२ देखि असोज १८ सम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दस कम्पनी छनोट गरेको हो । शेयर बजारमा गिरावट आए पनि केही कम्पनीको शेयर मूल्य भने तुलनात्मक रुपमा घटेको छैन । पछिल्लो एक साताको शेयर कारोबारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता शेयर खरिद–बिक्री भएका छन् ।

प्रभु बैंक लिमिटेड, माछापुछ्रे बैंक, ग्लोबल आर्इएमर्इ बैंक, एनएमबी बैंक, मेघा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआर्इसी एशिया बैंकको शेयर कारोबारका आधारमा उत्कृष्ट दु कम्पनीमा पर्न सफल भएका छन् ।

स्टकका अनुसार यो साता प्रभु बैंकको ९ सय ७८ कित्ता, एनएमबी बैंकको ९ सय २७ कित्ता, मेघा बैंकको ८ सय ९५ कित्ता, कुमारी बैंकको ७ सय ८४ कित्ता, एनआर्इसी एशिया बैंकको ७ सय ७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकको ७ सय ५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६ सय ५५ कित्ता, जनता बैंक लिमिटेडको ६ सय ५१ कित्ता, सिभिल बैंकको ६ सय ७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५ सय ८२ कित्ता शेयर कारोबार भएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर