newskoseli.Com

अचाक्ली बढ्यो काठमाडौंमा महँगी, सरकार चाहिँ रमिते मात्र ?

चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ ।

महँगी रोक्न संयन्त्र बनाएर सरकारले बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।

खाने तेल प्रतिलिटर र मैदा प्रतिकिलोमा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा १ सय ७१ प्रतिशतसम्म महँगिएको छ । इन्धनको मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ ।

उपभोक्ता अधिकारकर्मीले भने अत्यावश्यक वस्तुको मूल्य तोकेर सरकारले नियमन नगर्दा उपभोक्ता ठगिएको बताएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर