newskoseli.Com

रासायनिक अस्त्र प्रयोग भएकै हो सिरियाको लडाइँमा ?

 

सिरियाको लडाइँमा सरकारी पक्षले रासायनिक अस्त्र प्रयोग गरेको आरोप अमेरिकाले लगाएको छ । तर, यो आरोपलाई सिरियाले इन्कार गरेको छ ।

सिरियाका अनुसार त्यो रसायन अमेरिकाले दिएको हो र राज्यविरोधीहरुले प्रयोग गरेका हुन् । अमेरिकाले भन्ने गरेको १०६ प्रकारका रसायनहरु सिरिया युद्धमा प्रयोग भएको कुराचाहिँ सिरियाले इन्कार गरेको छैन । बरु ती रसायन आफ्नो देशमा विद्रोहीहरुद्वारा प्रयोग भएको सिरियाको जिकिर छ ।

अमेरिकाले खासखास बेला उसका मिसाइलहरुद्वारा सिरियामाथि बेलाबेलामा आक्रमण गरिरहेको छ । विश्लेषकहरुका अनुसार ती रसायन अमरिकी मिसाइलबाट सिरियामा प्रयोग भएका पनि हुन सक्छन् । पछिल्लो चरण ‘नोभिचोक’ जस्तो विषालु रसायन मानिसहरुमाथि आक्रमण गर्न रुसले प्रयोग गरिरहेको एकतर्फी आरोप लगाइरहेको अमेरिकाले सिरियामा रनसायनिम अस्त्रको कुरा उठाउनु उसको सिलसिलेवार आरोप र बदमासी पनि हुन सक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

सिरियाका राष्ट्रपति बसर अल असद आफ्ना विरोधी तथा सिरियाका विद्रोहीहरुलाई ‘तह लगाउने’ अन्तिम तर सफल प्रयासमा छन् । उनले आफूसँग भएका तीन लाख फौज आफ्ना विरोधीहरुका विरुद्ध प्रयोग गरेका थिए । अमेरिकालगायतका पश्चिमा राष्ट्रहरुको प्रत्यक्ष सहयोग पाएका राष्ट्रपति असदका विरोधीहरु लडाइँको लामो अभ्यासपछि हार खाँदै पछि हटेका थिए ।

यसलाई असदले राष्ट्रको विजय र देशद्राहीहरुको पराजय भनेर व्याख्या गरेका छन् । यस कार्यमा सघाइरहेका रुसलगायतका राष्ट्रहरुलाई उनले धन्यवाद पनि दिएका छन् भने अमेरिकाजस्ता देशहरुको खुलेर विरोध पनि गरेका छन् ।

यसै विषयलाई लिएर राष्ट्रपति असदले विरोधीहरूका विरुद्ध रासायनिक अस्त्र प्रयोग गरेको आरोप अमेरिकाले लगाएको छ । यो रासायनिक अस्त्रमा प्राणघातक क्लोरिन नामक रसायन पनि प्रयोग भएको बताइएको छ । अमेरिकी आरोप अनुसार क्लोरिनको प्रयोगपछि सुरुङ खनेर लडिरहेका विद्रोहीहरु त्यहाँबाट निस्केर भागेका थिए ।

तर, प्रयोग गरिएको रासायनिक अस्त्र अमेरिकाले विद्रोहीहरुलाई नै उपलब्ध गराएको र उक्त रसायन सिरियाली फौजमाथि आक्रमण गर्न प्रयोग गरिएको राष्ट्रपति असदले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर