newskoseli.Com

बाख्रा पालनबाट वार्षिक ३० लाख आम्दानी

कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ ।

तीन वर्ष अघि ७ लाखको पूँजीबाट सञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

स्थानीय ७ घर परिवारबाट सुरु भएको बाख्रा पालन व्यवसाय अहिले ७५ घर परिवारको आय श्रोतको केन्द्र बनेको बाख्रा पालक सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिएका छन् ।

अहिले त्यहाँका प्रति घर परिवारले वार्षिक सरदर १ लाखदेखि ५ लाखसम्म आम्दानी गर्न सफल भएको उनले बताएका छन् ।

गाउँमा बाख्रा पालन व्यवसाय सुरु भएसँगै विदेशमा गएका युवाहरु पनि गाउँ नै फर्केर बाख्रा पाल्न सुरु गरेको गुरुङले जानकारी दिएका छन् । संस्थामा हाल ३ हजार १ सय ६ वटा पाठा पाठीसहित दुईवटा ब्याडे बाेका रहेको उनले जानकारी दिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय कास्कीले पशु पकेट क्षेत्र विस्तार गरेसँगै कास्कीको मौजा गाविसलाई बाख्रा पकेट क्षेत्र घोषणा गरको छ । स्थानीय कृषकहरुले स्थानीय जातको वाख्रा सँगै खरिजात, शानन र पारिजात नामका बाख्रा पालेका छन् ।

बाख्रा पालनको लागि प्रसस्त घाँस भएकोले सो स्थान वाख्राको लागि पकेट क्षेत्र नै छुट्ईएको जिल्ला पशुसेवा कार्यालय कास्कीका वरिष्ट पशु चिकित्सक डा. राकेश प्रजापतिले जानकारी दिएका छन् ।
जिल्ला पशु सेवा कार्यालयको एक टोलीले बिहीवार सो बाख्रा पकेट क्षेत्रको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कृषकहरुले वाख्रा पालन गर्दा अपनाउनु पर्ने सामान्य नियमलाई समेत अथ्र्याएको कृषक अगुवा पुण्य पौडेलले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर